logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वाञ्चाल विश्वविद्यालयले भदौ पहिलो सातादेखि गर्ने भनेको परीक्षा गर्यो स्थगित


अंकुरण खबर
1.573K
Shares

पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेको परीक्षा स्थगित गरेको छ ।

विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा जनाइएको छ ।

देशमा जारी लकडाउन खुलेको अवस्थामा विश्वविद्यालयले भदौ महिनाको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो ।

कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरेको परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर सूर्यप्रसाद संग्रौलाले बताए ।

स्थिति सामान्य भएपछि मात्र परीक्षाका तालिका प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ ।