स्याङ्जामा सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।
साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएको मध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । अन्यको रिपोर्ट आउन बाँकी छ ।
डीएसपी अधिकारीका अनुसार संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका–१ मा रहेको कालीका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।