logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लाइसेन्स बनाईदिन्छु भन्दै पैसा लिने एक जना पक्राउ


अंकुरण खबर
1.222K
Shares

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाईदिन्छु भन्दै पैसा लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका मगरगाँउ बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–३ थानकोट खरीबोटबाट पक्राउ गरेको हो। पाण्डेले लाइसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरूसँग रकम असुली गरेको प्रहरीले जनाएको छ ।

पाण्डेले यसअघि काठमाडौं चन्द्रागिरी नगरपालिका–४ का मंगल श्रेष्ठ र शैसब श्रेष्ठबाट लाईसेन्स बनाईदिने भन्दै प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँका दरले लिएको प्रहरीले जनाएको छ।

पाण्डेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।