logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको स्थायी कमिटि बैठक आजः ओलीले नमाने पनि बैठक नरोक्ने तयारी


अंकुरण खबर
715
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको हो ।

पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार भने सूचारु हुने बताइएको छ । तर नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन । पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने जनाएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो ।

नेकपाको स्थायी कमिटी बैठक पटक पटक अवरुद्ध हुँदै आएको छ । दाहाल–नेपाल समूहले अर्का प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको हो । ओलीले भने कुनै पनि हालतमा आफूले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारिसकेका छन् ।