logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा स्वास्थ्यकर्मीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
793
Shares

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा २३ वर्षका पुरूषदेखि ५६ वर्षका पुरूष रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थकर्मी, कन्टयाक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पीसीआर जांच गराएका देखी लिएर उद्योगहरुमा कार्यरत कर्मचारीहरु पनि रहेका छन् ।

एक जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका इलामका थुनुवामा समेत संक्रमण पुष्टि भएको छ ।

साउन ७ गते देखि ११ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई होम आइसोलेसनमा बस्न भनिएको छ ।