कालिकोटको रास्कोट नगरपालिका एक वडालतोलामा पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।
पहिरोमा परी स्थानीय जयबहादुर शाहीको ३ जनाको परिवार र दुईजना पाहुना बेपत्ता भएका हुन् । बेपत्ता सबैको खोजी भैरहेको छ ।
बेपत्ता भएका शाहीको तीन जनाको परिवार बाहेक अरु २ जनाको ठेगाना खुल्न सकेको छैन । पहिरोको कारण अन्य ३ वटा घर र एक स्कुलपनि जोखिममा परेको छ ।
रास्कोट–१, मुर्मास्थित टप्केबगरमा टेक टमाटाको घरमा माथिबाट पहिरो खस्दा छोरी १८ वर्षीया यशुदा र पाहुना आएकी ८० वर्षीया मैतडा टमाटा घाइते भएकी छिन । सानीत्रिवेणी–७ का महावीर शाहीको घरमा पनि पहिरोले एक जनालाई पुरेको छ ।