सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।
आज विहान नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलपछि बैठक स्थगित गरिएको हो ।
यसअघि बैठक स्थगित गर्दा नयाँ मिति तय गरिने गरेको भएपनि अर्को बैठक कहिले हुने समेत तोकिएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दुई अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए ।
यसअघि पनि नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो ।
दाहाल–नेपाल समूहले अर्का प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको हो । ओलीले भने कुनै पनि हालतमा आफूले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारिसकेका छन् ।