दार्चुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् भने एक जना भने भागेर जोगिएका छन् ।
दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका हुन् ।
छोरा २१ वर्षीय सुनिल भने भागेर जोगिएको दार्चुला प्रहरीले जनाएको छ ।