logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्यमा निरन्तर नयाँ किर्तिमानः सुन तोलाको लाख नजिक


अंकुरण खबर
1.326K
Shares

नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मुल्यले निरन्तर नयाँ किर्तिमान राख्दै आएको छ ।

मंगलबार पनि सुनको मुल्य तोलामा ७०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।

आज छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । जुन हालसम्मकै उच्च छ ।

सोमबार छापावाला सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य ९७ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।