कोरोना भाइरस सङ्क्रमणका कारण साउदी अरबमा एक नेपाली युवकको मृत्यु भएको छ ।
साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका स्याङ्जा गल्याङ नगरपालिका–८ घर भएका रोशन श्रेष्ठको मृत्यु भएको हो ।
एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीका अनुसार श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए । एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय थिए ।
श्रेष्ठ साउदीमा श्रीमति, आमा र एकजना भाइसँगै बस्दै आएका थिए । श्रीमतिसहित साउदी बस्दै आएका श्रेष्ठले पछिल्लो पटक पत्नीलाई काठमाडौंमा बस्ने व्यवस्थापन मिलाएर आफूमात्र ५ महिनाअघि साउदी उडेका थिए ।