logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको कमलादीबाट प्रहरीले बरामद गरेको १५ किलो सुन नक्कली


अंकुरण खबर
715
Shares

नेपाल प्रहरीले अबैधरुपमा भित्र्याइएको भनेर बरामद गरेको करिब १५ केजी सुन नक्कली रहेको बताइएको छ ।

मंगलबार बिहान कमलादीस्थित कृष्ण पाउरोटी नजिकै एउटा स्कर्पियो गाडी चेकजाँचका लागि प्रहरीले रोक्न खोज्दा झन् स्पिड बढाएको र प्रहरीले पिछा गरेपछि उनीहरुले सो नक्कली सुन र दुई थान पेस्तोल छोडेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको १५ किलो सुन परीक्षणका क्रममा एक पिस बाहेक अरु सबै नक्कली भएको बताएको हो । सो एक पिसमा कति सुन रहेको भन्ने बारेमा केही बताइएको छैन ।

महानगरीय काठमाडौं प्रहरी परिसरले त्यसबारे विस्तृत विवरण केहिबेरमा सार्वजनिक गर्न लागेको जनाएको छ ।