कपिलवस्तुमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार २१ जना बिदेशबाट आएका र १३ जना समुदायका मानिसमा कोरोना संक्रमण भएको पाइएको हो ।
नयाँ संक्रमितहरुमा १३ जना भारतबाट, ४ जना दुबइ, २ जना साउदी, ३ जना कतारबाट आएका र अन्य स्थानीय रहेका छन् ।
यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ जना पुगेका छन् ।