logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित गौतमबुद्ध विमानस्थलका दुई कर्मचारी पक्राउ


अंकुरण खबर
819
Shares

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्रहीसँग घुसररिसवत मागेको भन्ने  उजुरीका आधारमा अख्तियार दूरूपयोग अनुसन्धान आयोगको कार्यालय‚ बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले उनीहरूलाई ४ लाख घुस रिसवत बापतको रकम लिइसकेको अवस्थामा सो रकमसहित सेञ्चुरी कमर्सियल बैंक लिमिटेड‚ शाखा कार्यालय भैरहवाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीहरूलाई नियन्त्रणम लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।