logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

नेपालमा थप तीन सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप तीन सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै आज मात्रै १२१ जना कोरोना संक्रमित निको भएका छन् ।