काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण देखिएमा काठमाडौंका मात्रै ४८ जना, भक्तपुरका १ जना र ललितपुरका ४ जना छन् ।
योसहित काठमाडौंमा ३३७ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३११ जनामध्ये काठमाडौं उपत्यकाका ४८ जना हुन् । योसँगै संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।