logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमण मुक्त


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन् । हाल ५ हजार १ सय २९ जना संक्रमितको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल १५ हजार ३३१ जना हाल क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।