logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ पुग्यो


अंकुरण खबर
468
Shares

नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  बझाङको बुङ्गल नगरपालिका ३ का एक ६५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।

उनी असार २४ गते भारतको बेंलोरबाट आएर १४ दिन क्वारेन्टाइन बसेपछि असार ६ गते घर गएका थिए । क्वारेन्टाइनमा रहँदासम्म उनलाई कुनै समस्या नदेखिएको र असार ९ गते एक्कासी स्वास फेर्न गाह्रो भएपछि आइतबार बिहान उनको मृत्यु भएको थियो ।

त्यसपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनको असार ९ गते नै धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको थियो ।