logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा थपिए २१ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

प्रदेश १ मा मंगलबार २१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।