पर्साको वीरगञ्जमा कैदीबन्दी र सुरक्षाकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार ३४ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायका अनुसार दुई सय ७४ जनाको नमुना परीक्षण गरिएको थियो ।
अस्पतालका अनुसार कोरोना देखिएहरुमध्ये पाँच जना बालबालिका पनि छन् । नयाँ संक्रमितहरु दुई वर्षदेखि ६५ वर्षसम्मका छन् ।
त्यस्तै, संक्रमितहरुमध्ये कैदीबन्दी ६, नेपाल प्रहरी तीन र नेपाली सेनाका एक जना रहेका छन् । दुई जना कारागारका कर्मचारी र एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको डा. उपाध्यायले बताए ।
कोरोना देखिएहरुमध्ये २० जना वीरगञ्जकै रहेका छन्। उनीहरु वडा नं.४, ५, ९ र ११ का वासिन्दा रहेको जनाएको छ ।