logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालिकोटमा पहिरोले घर पुरियो, एकै परिवारका ६ जना बेपत्ता


अंकुरण खबर
2.119K
Shares

पहिरोले घर पुरिँदा कालिकोटको नरहरीनाथ गाउँपालिका ७ मा ६ जना वेपत्ता भएका छन् ।

आज बिहान ४ः१५ बजे खसेको पहिरोले स्थानीय गंगे बुढाको घर पुरिएको हो। घर पुरिँदा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, बुहारी २४ वर्षीया कुश्मा, नातिनी १० वर्षीया चन्द्रिका, नातिहरु सात वर्षीय राम र १८ महिने चरित्र वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।

बिहानै पहिरो गएको थाहा पाउने वितिक्कै स्थानीय वासिन्दा उद्धारमा खटिएका थिए । उनीहरुले चार जनाको उद्धार गरेका छन् । उनीहरु मध्ये गंगे बुढाकी छोरी विमला घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय वासिन्दा र प्रहरी टोलीद्वारा बेपत्ताको खोजी भइरहेको छ । तर, वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

यस अघि सोमबार बिहान पनि कालिकोटमा पहिरो गएको थियो। पहिरोमा रास्कोट नगरपालिका १ बडुवाल तोलाका जयबहादुर शाहीको घर पुरिएको थियो। पहिरोमा वेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव भेटिएको छ। दुई जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।