logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी प्रधान कार्यालयका थप ८ प्रहरीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.366K
Shares

नेपाल प्रहरीको मुख्यालय (हेडक्वार्टर)मै ३५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप ८ जनामा संक्रमण देखिएपछि संक्रमित प्रहरी कर्मचारीको संख्या ३५ पुगेको हो ।

प्रहरी प्रधान कार्यालयमा पहिलोपटक आइतबार ४ जना कर्मचारीमा संक्रमण देखिएको थियो । त्यसपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको नमूना संकलन गरी परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जानकारी दियो ।

संक्रमितमध्ये प्रहरी सहायक निरीक्षक (असई) १ जना, हवल्दार ६, जवान २६ जना र कार्यालय सहयोगी २ जना छन् । प्रहरी प्रधान कार्यालयसहित देशभर गरी करिब २ सयको हाराहारीमा प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।