logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद लीला सिटौलाले सभामुख सापकोटबाट लिइन् सपथ


अंकुरण खबर
1.17K
Shares

समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

सिटौलालाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन् ।

समाजवादी पार्टीले सांसद सरिता गिरीको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो । सोही अनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित गरेको हो ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।