logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालीकोटमा पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको मृत्यु, दुई जना घाइते


अंकुरण खबर
1.04K
Shares

कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नौ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

गएराति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको मृत्यु भएको  हो ।

वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६३ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए ।

यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनी र उनकी ६५ वर्षीया श्रीमती मनाको मृत्यु भएको छ ।

गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको जनाइएको छ ।