प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परीक्षणमा मन्त्रालयका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले जानकारी दिए । उनका अनुसार संक्रमितहरु मन्त्रालयमा कार्यरत सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुष रहेका छन् ।
मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । संक्रमण पुष्टि भएपछि संक्रमितहरुलाई आइसोलेसनमा पठाइएको छ ।