बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ ।
आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन तोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।