बाँकेमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जको पिसीआर ल्याबमा गरिएको परीक्षणमा २७ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र, आन्तरिक राजस्व कार्यालयबाट संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा राजस्व कार्यालयका ११ जनासहित एकै पटक २७ जनाका कोरोना संक्रमण देखिएको हो ।
योसँगै बाँकेमा कोराना पोजेटिभको संख्या ४ सय ३४ पुगेको छ ।