नेपालगन्ज, बाँके जिल्ला प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आज (बिहीबार) बसेको आकस्मिक बैठकले आगामी आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
बाँकेमा आज एकैदिन २७ जना कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकरी दिए । बाँकेमा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञा जारी गर्न लागिएको हो ।
साउन ७ मा लकडाउन खोलेपछि राजस्व कार्यालय, यातायात कार्यालय, मिठाई पसल सञ्चालक र उनको कन्ट्याक्टमा आएका १६ जना गरी एकै पटक आज २७ जना संक्रमित थपिएको उनले बताए ।