logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालिकोट पहिरो : दुई बालबालिकासहित तीनको मृत्यु


अंकुरण खबर
923
Shares

तीन दिनदेखिको वर्षाले पहिरो जाँदा कालिकोटमा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ ।

गएराती महाबै गाउँपालिका–७ गेला कोटवाडामा घर भत्किँदा दुई बालबालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीय सूर्ज महताराका छोरा १० वर्षीय गणेश र टेक भण्डारीकी छोरी पाँच वर्षीया भावनाको मृत्यु भएको छ ।

वर्षाले घर भत्किँदा तीन बालबालिका घाइते भएका छन् । घाइते सुकी महतारा, मन्जु महतारा, संगीता भण्डारी र हिक्मत महताराको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी श्यामबाबु ओलियाले बताए। उनीहरुको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ ।

त्यस्तै, सान्नी त्रिवेणि गाउँपालिका ७ क्युरीमा पहिरोमा परि ६२ वर्षिया पशुराम संज्यालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परि स्थानीय २९ वर्षीया तारा धमाला संज्याल बेपत्ता भएकी छन्।

तीन दिनयता पहिरोमा परि कालिकोटामा १२ जनाको मृत्यु भएको छ । त्यस्तै, सात जना वेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।