logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाधिवेशन प्रभावित गर्न खोजिएको भन्दै पौडेल पक्षले देउवालाई बुझायो लिखित असहमतिपत्र


अंकुरण खबर
819
Shares

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई लिखित असहमति बुझाएको छ ।

नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरुले सभापति देउवालाई लिखित असहमतिपत्र बुझाएका हुन्।

बिहीबार केन्द्रीय मूख्यालय सानेपामा भेटेरै असन्तुष्ट पक्षले असहमति बुझाएका हुन् । असहमतिपत्रमा महाधिवेशन प्रभावित हुनेगरी भइरहेको विभागीय सदस्यहरुको मनोनयन रोक्नुपर्ने माग गरिएको छ । यस्तै एकीकरण प्रक्रियाबाट आएकाहरुलाई दिइने पदबारे पार्टीभित्र छलफल हुनुपर्ने माग समेत गरिएको छ ।

सभापति देउवाले आफ्नो ध्यानाकर्षण भएको र छलफलबाटै निर्णय लिने बताएका थिए । सभापति देउवालाई बुझाइएको असन्तुष्टिपत्र पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी असन्तुष्ट पक्षले गरेको छ । त्यसका लागि अहिले तीन बजे पार्टी कार्यालयमै पत्रकार सम्मेलन राखिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

कांग्रेसले बन्दाबन्दी बीच महाधिवेशन तयारी अगाडि बढाएको छ। कांग्रेसले आगामी ७–१० फागुनमा १४औं महाधिवेशन गर्दैछ। त्यसअगाडि १६ कात्तिकमा गाउँरनगर वडा, १८ कात्तिकमा गाउँरनगर, २१ कात्तिकमा प्रदेशसभा, २३ कात्तिकमा प्रतिनिधिसभा (एक मात्र संख्या भएकोमा जिल्ला), २५ कात्तिकमा जिल्ला, २९ मंसीरमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले पारित गरेको छ ।

कांग्रेसको १३औं महाधिवेशनमा २०–२३ फागुन २०७२ मा काठमाडौंमै भएको थियो। तर, चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष पछाडि धकेलिएको छ ।