नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पाचौँ दिन बिहिबार बढेको छ ।
आज नेप्से ७ दशमलव ५३ अंकले बढेर १ हजार ४३९ दशमलव ६ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज एक अर्ब ३२ करोड बढकिो कारोबार भएको छ । आज नेप्सेमा सबै समूहमा हरियाली छाएका छन् ।
क वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ४६ अंकले सकारात्मक भएको छ । सँगसँगै आज सबै उपसूचकहरू सकारात्मक देखिएका छन् ।
आज सबैभन्दा धेरै खानिखोला हाइड्रोपावरका शेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा घोडीघोडा लघुबित्तका शेयरधनीहरुले ९ दशमलव ८५ प्रतिशतले गुमाउनु परेको छ ।
त्यस्तै आज सबै भन्दा धेरै कारोबार हुनेमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४ हजार ८७ पटक कारोबार भएर ३ लाख ८२ हजार ७ सय बीस कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको कारोबारको अन्तमा रु. ५ सय ९९ मा पुगेर बजार बन्द भएको छ ।