logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण, तत्कालीन एसपी विष्टसहित ८ जना प्रहरीले पाए सफाइ


अंकुरण खबर
1.703K
Shares

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा लागेका प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले सफाइ दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार ८ जना प्रहरी अधिकृतलाई सफाइ दिने फैसला सुनाएको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले सबै आरोपीलाई सफाइ दिएको श्रेस्तेदार यदुराज शर्मा जानकारी दिए ।

निर्मलाकी आमा दूर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले प्रहरीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

मुद्दामा घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई विपक्षी बनाइएको थियो । उनीहरुको अभियोगमा दावी नपुगेको भन्दै सफाइ दिएको हो ।

२०७५ साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो। घटनामा संलग्न मुख्य अभियुक्तलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।