logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना डिस्चार्ज


अंकुरण खबर
1.17K
Shares

नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५४७  पुगेको छ । संक्रमितमध्ये १४ हजार २ सय ४८ जना निको भएर घर फर्किएका छन् ।

आज मात्रै २२७ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।