logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.378K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार काठमाडौंका ४२ जना, ललितपुर र भक्तपुरका दुई–दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार हस्पिटल सानेपाको प्रयोगशालामा काठमाडौं उपत्यकामा थप ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

योसहित काठमाडौंमा ३९२ जना, भक्तपुरमा ५५ जना र ललितपुरमा ९१ जनामा कोरोना संक्रमण भएको छ ।