logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिक्षकहरु साउन मसान्तसम्ममा विद्यालय पुगिसक्नुपर्ने


अंकुरण खबर
1.885K
Shares

कोरोना महामारीका कारण कार्यक्षेत्रभन्दा बाहिर रहेका शिक्षकहरु भदौ १ गतेभन्दा अगाडि नै सम्बन्धित विद्यालयमा पुगिसक्नु पर्ने भएको छ ।

सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना  गर्ने निर्णय गरेकोले शिक्षकलाई समयमै विद्यालय पुग्न सूचित गरेको हो ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज (बिहीबार)आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले विद्यालयबाट क्वारेन्टिन र आइसोलेसन सेन्टर हटाउने निर्णय गरेको जानकारी दिए । खाली भइसकेका विद्यालय स्थानीय तहले निर्मलीकरण गरेर पढ्न योग्य बनाउनुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

भदौ १ गतेदेखि नयाँ भर्ना सुरु भए पनि पठनपाठन भने कहिलेदेखि हुने निश्चित छैन ।