logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यसरी बनाउन सकिन्छ च्याउको मिठो अचार


अंकुरण खबर
3.809K
Shares

अहिले साउनको महिना छ । हिन्दु धर्म मान्ने वा शीवभक्त धेरै भएको नेपालमा साउनमा माछा,मासु नखाने धेरै छन् । मामंसाहारी भोजन विनै कसरी साहाकारी भोजनलाई पनि मिठो बनाउन सकिन्छ भनेर धेरैले विभिन्न परिकार बनाउने गर्दछन् । त्यसमा मिठो, प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ पाइने तरकारीको रुपमा च्याउलाई प्रयोग गर्न सकिन्छ । च्याउको तरकारी जति मिठो हुन्छ, यसको अचार पनि त्यतीनै मिठो हुन्छ ।

यसरी बनाउन सकिन्छ च्याउको मिठो अचार :

अचार बनाउनको लागि चाहिने आवश्यक सामग्री
च्याउ
तील या सिलामको धुलो, हरियो खुर्सानी, अदुवा, लसुन,
खुर्सानीको धूलो, जिरा धनियाँको धूलो
नुन, बेसार, मेथी, कागतीको रस या चुक अमिलो

अचार बनाउने तरिका

अचार बनाउनको लागि डल्ले च्याउ राम्रो मानिन्छ । सबै भन्दा पहिला च्याउलाई केलाएर राम्रोसंग पखाल्ने । त्यसपछि एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि मेथी फुराउने ।
अब त्यसमा अदुवा, लसुन, हरियो खुर्सानी राखेर एकैछिन फ्राई गर्ने ।
त्यसपछि त्यसमा च्याउ राख्ने र हल्का खैरो नहुन्जेल फ्राई गर्ने ।
अब त्यसमा बेसार, जिरा धनियाँ पाउडर, स्वाद अनुसार खुर्सानी, नुन राखेर चलाउने र केही छिन पकाउने । (जिरा धनिया भुटेर पाउडर बनाउदा अझ मिठो हुन्छ)
त्यसपछि त्यसमा तील वा सिलामको धूलो र कागतीको रस राखेर राम्रोसंग चलाउने र एक छिन पकाएपछि झिक्ने यसरी च्याउको स्वादिष्ट अचार बनाउन सकिन्छ ।