सुधार केन्द्रमा राखिएका एक व्यक्तिले पेटमा सिसा प्रहार गरेर आत्महत्या गरेका छन् ।
हल्दीबारी गाउँपालिका–२ का २५ वर्षीय प्रकाश खरेलले आफ्नै पेटमा सिसा प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धुलाबारी स्थित सनराइज सुधार केन्द्रमा रहेका हल्दीबारीका खरेलको उपचारको क्रममा मृत्यु भएको जिल्लाका डिएसपी राकेश थापाले बताए । आफ्नै पेटमा सिसा प्रहार गरेर गम्भीर घाइते भएको अवस्थामा अस्पताल पु¥याइएकोमा उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको थापाले जानकारी दिए ।
गत असार १३ गते उक्त सुधार केन्द्रमा पु¥याएकोमा असार १५ गते सुधार केन्द्रको झ्यालको सिसा फुटाएर भागेका थिए । भागेका खरेललाई साउन ३ गते पुनः सोही सुधार केन्द्रमा ल्याइएकामा उनले सोही दिन सिसा फुटाएर आफ्नै पेटमा प्रहार गरेको थापाको भनाइ छ ।