logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा स्वास्थ्यकर्मीसहित थप १३ जनामा कारोना संक्रमण पुष्टि


अंकुरण खबर
585
Shares

पर्सामा थप १३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र  सफाइकर्मी सहितका व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार राति संक्रमण पुष्टि भएका १३ जना मध्ये नारायणी अस्पतालका २ जना  स्वास्थ्यकर्मी र १ जना सफाइकर्मी रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

बाँकी १० जना सर्वसाधारण रहेको मेसु उपाध्यायले बताए । बिहीबार राति १३ जना संक्रमित थपिएसंगै पर्सामा कुल संक्रमितको संख्या  ३ सय ६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।