logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

वीरगञ्जमा जगदम्बाका सिईओको कोरोनाबाट मृत्यु


अंकुरण खबर
2.002K
Shares

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) को मृत्यु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले भारत घर भएका ५६ वर्षीय उनको गएराति निधन भएकोजानकारी दिए । उनी मुटुको रोगी थिए ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचार गराइँदै थियो ।