प्रहरी हेडक्वार्टर, नक्सालमा थप २८ जनाममा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।
केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतले शुक्रबारसम्म संक्रमितको संख्या ७२ पुगेको जानकारी दिए । संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ ।
पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो । संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको कडायतले जानकारी दिए ।