logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्ज महानगरका मेयरलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.43K
Shares

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयरको काठमाडौंको एक अस्तालमा उपचार भइरहेको छ ।

मेयर सरावगीले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । सामाजिक सञ्‍जालमार्फत मेयर सरावगीले आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको जानकारी दिएका छन् ।

‘कोरोना महामारीको समयमा जनताको सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ’, उनले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ । चाँडै निको भएर काममा फर्किनेछु ।’

मेयर सरावगीले विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन हर संभव प्रयासहरु गरेको बताएका छन् ।

‘वीरगञ्जलाई ग्रिन जोन बनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ’, उनले भनेका छन्, ‘तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।

पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगञ्ज आक्रान्त बनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै उनले वीरगञ्जलाई कोरोना भाइरसको महामारीबाट बचाउन संघीय र प्रदेश सरकारसँग माग गरेका छन् ।