logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढीमा बेपत्तामध्ये २ जनाको शव फेला, एक जना अझै बेपत्ता


अंकुरण खबर
1.599K
Shares

कैलालीमा अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला पारेको छ ।

बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको छ भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला हो ।

भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।