logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीको कोठाबाट सुन जस्तो देखिने पहेँलो धातु बरामद


अंकुरण खबर
1.638K
Shares

काठमाडौंमा प्रहरीको कोठाबाट पहेँलो धातु बरामद भएको छ ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानमा रहेको प्रहरीले सुरक्षाकर्मीको कोठाबाट थप एक किलो पहेँलो धातु बरामद गरेको हो । बरामद धातु सुन भए नभएको परीक्षण हुन भने बाँकी नै छ ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा सादा पोशाकका प्रहरीले छापा मार्दा उक्त धातु बरामद भएको थियो ।

प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको १५ किलो सुन जस्तो देखिने पहेँलो धातु परीक्षणका क्रममा चाँदी पुष्टि भएको थियो ।

प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहालको अपरेसनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई प्रहरी एकेडेमीमा सरुवा गरिएको छ ।

दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी सुशीलकुमार यादव नेतृत्वको छानबिन समितिले जानकारी दिएको छ ।