नेपालमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ति महिला साउन ६ गते भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचापको समस्या रहेको उनले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि शुरुमा उनलाई स्टार अस्पताल लगिएको थियो । वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल पुगेकी थिइन् ।
आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिरहेको बेलामा गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै उनलाई पाटन अस्पताल लगिएको थियो ।