logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलामका थप ५ जना सशस्त्र प्रहरीमा देखियो कोरोना पोजेटिभ


अंकुरण खबर
676
Shares

इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

असार ११ गते श्वाव संकलन गरेका १५ जनामध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । आज देखिएका सबै सदरमुकामस्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँमा लाने तयारी भइरहेको सशस्त्र प्रहरीको एक नम्बर गणका सुदिर जंग थापाले बताए ।

पछिल्लो पटक लगातार इलामका सुरक्षाकर्मीमा संक्रमण पोजिटिभ देखिन थालेको छ । यसअघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन् ।