नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना निको भएर घर फर्किएका छन् ।
आज मात्रै १५१ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।