नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्जकै ६५ वर्षीय पुरुष र वीरगन्ज स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ५६ पुगेको छ ।