logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६ जना महिला भारत लगेर बेच्ने दुई जना पक्राउ


अंकुरण खबर
1.131K
Shares

प्रहरीको केन्द्रीय मानव बेचविखन अनुसन्धान ब्यूरोले ६ जना नेपाली महिलाहरुलाई भारत पुर्याएर वेचबिखन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले महिलाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै भारतको दिल्लीमा एक कोठामा बन्धक बनाएर राख्ने दुई जनालाई पक्राउ गरिएको हो ।

ब्यूरोका अनुसार खोटाङ राबाबेसी गाउँपालिका–१ घर भई सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय पुष्प परियार र दाङ घोराही उपमहानगरपालिका–९ घर भई हाल काठमाडौं लाजिम्पाट बस्ने ५६ वर्षीय प्रविन शबिन शाह रहेका छन्।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

झापा, मोरङ र पर्वत जिल्लाबाट ६ जना नेपाली महिलाहरुलाई कुवेत, साउदी र इराकमा राम्रो रोजगारीको अवसर छ भनी प्रलोभनमा पारेर दिल्ली लगेर बन्धक बनाएर राखिएको थियो।

३० फागुन २०७६ मा नेपालगञ्ज नाका हुँदै उनीहरुलाई भारत लगिएको अनुसन्धानबाट खुलेको छ। त्यहाँ लगिएका महिलाहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो र शान्ति पुनस्थार्पना केन्द्र नयाँ दिल्लीको सहयोगमा २१ असार २०७७ मा उद्धार गरेर काठमाडौं ल्याइएको थियो।