logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल टेलिकमको फोरजी सेवा निर्धारित समयमा पूरा नहुनुको कारण सरकारसँग माग


अंकुरण खबर
2.262K
Shares

संसदीय समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम निर्धारित समयमा पूरा हुन नसक्नुको कारण मागेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधिले आज टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र पूरा नहुनुको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

गुणस्तरीय र नागरिकले अपेक्षा गरे अनुरुप टेलिकमको सेवा विस्तार गर्न कार्ययोजना तयार गरी ३० दिनभित्र पेश गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अगाडि बढाइएको प्रक्रियाको सन्दर्भमा कस्तो मोडालिटिमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा वितरण भएका सीमकार्डको विवरण ७ दिनभित्र पेश गर्न भनिएको छ ।