logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
819
Shares

झापामा ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काँकडभिट्टा नाकामा खटिएका थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित सशस्त्र प्रहरीको सङ्ख्या ३५ पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत १० पुरुष, दुई महिला सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसअघि पनि काँकडभिट्टास्थित सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती गुल्मका २०, सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका ३ जनामा कोरोना भेटिएको थियो ।

यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले पनि भद्रपुर सीमा क्षेत्रमा खटिएका १० सशस्त्रसहित ५५ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाएको छ । उनीहरुको रिपोर्ट शनिबार आउने जनाइएको छ ।

जिल्लामा संक्रमितको संख्या ३ सय ६९ पुगेका छ । तिमध्ये ३ सय ११ जना निको भएर घर फर्किसकेका छन् ।