नेपाली बजारमा सुनको भाउ तोलामा एक लाख रुपैयाँ हाराहारी पुगेको छ ।
आइतबार छापावाल सुन ३ सय रुपैयाँले बढेर आज प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन ९९ हजार तीन सय रुपैयाँ कायम रहेको थियो ।
आज तेजाबी सुन भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै नयाँ गहन बिक्री शून्य बराबर रहेको तथा पुरानो गहना बेच्नेको संख्या बढ्न थालेको वयवसायीहरुले जनाएका छन् ।